उदयपुर, उदयपुरको त्रियुगा नगरपालिका १३ नं. वडा कार्यालयले अतिबिपन्न तथा जेष्ठ नागरिकहरुलाई न्यानो कपडा सहित सम्मान गरेको छ । सोमबार ज्योति टोल स्थित वडाको आफ्नै कार्यालयमा आयोजित कार्यक्रममा अतिबिपन्न ५० जनालाई बृद्धबृद्धाहरुलाई न्यानो कपडा सहित सम्मान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि नगर मेयर बलदेब चौधरी र वडाध्याक्ष पशुपति चौधरीले सुइटर र ब्याङ्केट प्रदान गरे । न्यानो सम्मान पाएकोमा बृद्धबृद्धाहरु खुसी भए ।
मेयर चौधरीले नगरको आन्तरिक स्रोत बढाएर बृद्धबृद्धा, बालबालिका, महिला लगायत जनहितमा अझबढि कामहरु गर्ने बताए । कार्यक्रममा नेकपाका युवा नेता परमेश्वर घिमिरे, जिल्ला समन्वय समिति सदस्य जानुका बराल, नगर सल्लाहकार गिता रेग्मी, वडा सदस्य मानबहादुर मगर (पदम) लगायतले मन्तब्य राख्दै न्यानो कार्यक्रम मार्फत राज्यको न्यानो सम्मान मिलेको बताए ।
कार्यक्रममा वडाका चारवटा युवा क्लबलाई प्रोत्साहन स्वरुप अक्षय कोषका लागि ५–५ हजार नगद प्रदान गरियो । जिल्लाको ३ नगरपालिका मध्यकै एकमात्र महिला वडा अध्यक्ष चौधरीले सबै जेष्ठ नागरिकहरुलाई आफुलाई आफ्नै छोरी ठानेर समस्या पोख्न आग्रह गर्दै वडावासीको हितमा सदैब लाग्ने बताईन ।

तपाईको प्रतिक्रिया