उदयपुर, नेपाल पूर्व प्रहरी संगठन कटारी इलाका कार्य समिति गठन भएको छ । नयाँ कार्यसमितिमा तारा बहादुर खड्काको अध्यक्षतामा कटारी इलाका कार्य समिति गठन भएको हो ।
कार्यसमितिको सचिवमा सोम बहादुर थापा, कोषाध्यक्षमा गोपाल कुमार श्रेष्ठ र सदस्यहरुमा तुलसा आचार्य, पूर्ण कुमार कार्की, प्रेम बहादुर वि.क., जय बहादुर थापा, धर्म राई, बासुदेब दनुवार,कृष्ण बहादुर श्रेष्ठ र नरेन्द्र कार्की चयन भएका छन । यस्तै कार्य समितिको सल्लाहकारमा मणिमाया राई, पूर्ण बहादुर थापा, ज्ञान बहादुर तामांग, गोपी पराजुली र विलियम माझी चयन भएका छन् ।
कटारी नगरपालिका उपप्रमुख भिम कुमारी राउतको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रमको सभापति तथा पूर्व प्रहरी नायव निरीक्षक डोरनाथ ढकालको अध्यक्षतामा सम्पन्न भएको थियो ।
पूर्वप्रहरीसंग हातेमालो गर्दै अगाडि बढ्ने ईलाका प्रहरी कार्यलय कटारीका प्रमुख धूर्ब कुमार श्रेष्ठले बताए । नव निर्वाचितलाई शुभकामना दिँदै व्यक्तिगत फाइदा भन्दा माथि उठेर काम गर्न ईलाका प्रशासन कार्यलय कटारीका प्रमुख सुनील पौडेलले बताए । उनले भने “पूर्वप्रहरीबाट सधै सहयोगको अपेक्षा गरेको बताउँदै शान्ति सुरक्षामा बहालवाला प्रहरीलाई सहयोग गर्न आग्रह गर्दछु ।’’

तपाईको प्रतिक्रिया