उदयपुर, उदयपुर जिल्लाको पर्यटकिय विकासको लागि ‘राईड टु कोशीटप्पु २०७५’ यात्रा हुने भएको छ । आगामी माघ २५ र २६ गते ‘राईड टु कोशीटप्पु २०७५’ यात्रा हुने भएको छ । जिल्लाको पर्यटन विकासको साथै स्वच्छ वातावरण र स्वस्थ्य समाज निर्माण गर्ने सन्देश सहित साइकल यात्रा हुन लागेको साइकल संघ उदयपुरका अध्यक्ष जितु रोइलाले जानकारी दिए ।
‘स्वास्थ्य, पर्यावरण र पर्यटन संगसंगै’ भन्ने नाराका साथ उदयपुर जिल्ला साईक्लिङ संघ र नेपाली सेनाको १८ नम्बर बाहिनी भुल्केको संयुक्त रुपमा कार्यक्रमको आयोजना गर्न लागिएको सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराईएको हो ।
जिल्लाको त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिकाको सहयोग रहने पत्रकार सम्मेलनमा अध्यक्ष रोइलाले जानकारी गराए । त्रियुगाका मेयर बलदेव चौधरी, चौदण्डीगढीका मेयर खगेन्द्र राई र बेलकाका दुर्गाकुमार थापा समेतले सो कार्यक्रममा भाग लिने साईक्लिङ प्रतिष्पर्धात्मक भन्दा पनि मैत्रीपूर्ण सहभागितात्मक रहने बताए ।
१८ नम्बर वाहिनीका बाहिनीपति हिमासु खड्काको पनि सहभागिता रहने साईक्लिङ त्रियुगा नगरपालिकाको गाईघाटबाट सुरु भई चौदण्डीगढीको बेल्टार–बसाहा हुदै बेलका नगरपालिका पुग्ने छ । बेलकाको रामपुर बजारपछि बेलुका कोशीटप्पु नजिकैको सप्तकोशी पुलमा बास बस्ने र भोलीपल्ट सप्तकोशीमा सञ्चालित जेटबोटबाट बाराहा मन्दिरको दर्शन गरी समापन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।


कोशीटप्पु विभिन्न जंगली जनावरका साथै नेपालको चराहरुको राजधानीको रुपमा परिचित आरक्षणलाई प्रर्यटकिय रुपमा चिनाउन पनि साइकलिङ यात्राको आयोजना गरिएको अध्यक्ष रोइलाले जानकारी दिए । यात्राको क्रममा तीनवटै नगरपालिकाका बजार क्षेत्रहरु परिक्रमा गरिनेछ । उदयपुरका ४५, बाहिरी जिल्लाहरुकाट ७० र नेपाली सेनाबाट पनि सहभागिता हुने अध्यक्ष रोइलाले जानकारी दिए । बढ्दो लागू औषध दूब्र्यसन, सडक दुर्घटना न्यूनिकरणका लागि समेत सन्देश फैलाउने कार्यक्रमलाई आगामी वर्षमा पनि निरन्तरता दिने आयोजकको लक्ष्य रहेको छ ।

तपाईको प्रतिक्रिया