उदयपुर, उदयपुरमा एक व्यक्ति अवैध हतियार सहित पक्राउ परेका छन् । जिल्लाको बेलका नगरपालिका ८ मा बस्दै आएका सुनसरी बराहा नगरपालिका ८ किरात चोकका ३७ वर्षीय राजु राईलाई भरुवा बन्दुक एक थान सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
लुकिछिपी बसेका राईलाई सोही ठाउँस्थित बारीको खरको थुप्रोमा लुकाई राखेको अवस्थामा उक्त भरुवा बन्दुक फेला पारी प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया