उदयपुर । जिल्लाको लिम्चुङबुङ गाउँपालिकामा ७ दिने बाँसको मुढा बनाउने तालिम संचालन भएको छ ।

लिम्चुङबुङ गाउँपालिका उद्यम विकाश शाखाको आयोजनामा स्थानीय गरिव विपन्न ६ जनालाई बाँसको मुढा बनाउने तालिम संचालनमा रहेको छ । तालिम मंसिर २९ गतेदेखि पौष ६ गतेसम्म संचालन हुने छ ।
तालिममा सहभागी भइ सिप सिकेर समाजमा रहि जिविकोपाजर्नमा सहजता आउने र सिकेको सीपलाई व्यवसायीक रुपमा नै अगाडि बढाउने उद्देश्य स्वरुप तालिम संचालन गरिएको उद्यम विकास शाखा प्रमुख हापेन्द्र भट्टराईले बताए । उनका अनुसार दलित महिला ५ जना र निम्न वर्गका विपन्न एक जना गरी ६ जनालाई तालिम दिईरहेको छ ।

तपाईको प्रतिक्रिया