उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं. ७ ले बुधबार आफ्ना मातहतका सामुदायिक विद्यालयका सम्पूर्ण विद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गरेको छ । “छोरा र छोरीमा समानता, दाईजो होइन छोरीलाई क्षिक्षाको व्यवस्था” भन्ने नारा सहित शैक्षिक सामग्री वितरण गरेको हो ।
श्री पञ्चमी आधारभूत विद्यालयमा एक कार्यक्रमका विच वडाध्यक्ष तेजराज तिमल्सिनाको प्रमुख आथित्यतामा पुस्तक बोक्ने झोला, कपि कलम लगायतका शैक्षिक सामग्री विद्यार्थीहरुलाई वितरण गरिएको थियो ।

२०७४ सालमा जनप्रतिनिधीको रूपमा वडाध्यक्ष भएर आए देखि तिम्सिनाले आफ्नो वडाका सामुदायिक विद्यालयमा शैक्षिक सामाग्री उपलब्ध गराउँदै आएका छन् ।

वडाध्यक्ष तिम्सिनाले वडाको बालबालिका शिर्षकको बजेट मार्फत उक्त शैक्षिक सामाग्री बितरण गरेका हुन । तिमल्सिनाले गरिबिको रेखामुनी रहेका बालबालिकालाई शैक्षिक सामाग्रीको जोहो गरेर पठनपाठन गर्न गार्हो हुन्छ भन्ने उद्देश्य सहित वडाले आफ्ना मातहतका सामुदायिका विद्यालयमा शैक्षिक सामाग्री बितरण गर्न थालनी गरेको हो ।

यसरी स्थानिय सरकार बाट सामुदायीक बिधालयमा शैक्षिक सामाग्री बितरण गर्नुले संस्थागत विद्यालयमा पढ्न सक्ने अवस्था नभएका लक्षित बर्गका बालबालिकाको लागि पनि शिक्षामा सहज पहँुच राख्न सक्छन भन्ने उदाहरणको रुपमा लिना सकिन्छ ।

तिम्सिना नगरपालिकाले दिएको सरकारी सवारी साधन नचढ्ने वडाध्यक्षमा पर्दछ ।

तपाईको प्रतिक्रिया