उदयपुर । उदयपुरमा कोरोना विरुद्ध नियमित खोप संचालन गर्ने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले एक सूचना प्रकाशित गरि कोरोना भाईरस विरुद्धको खोप जिल्ला अस्पतालमा नियमित संचालन हुने जनाएको छ ।
आइतबार र बुधबार बाहेक खोप नलगाएका १८ वर्ष उमेर पुगेका सबै नागरिकलाई जिल्ला अस्पतालमा अस्पतालमा भेरोसेल खोप लगाईने भएको छ ।

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा, टेकु, काठमाडौंको समन्वयनमा हालसम्म खोप नलगाएका नागरिकले सार्वजनिक विदा बाहेक हप्तामा चार दिन जिल्ला अस्पतामै कोरोना विरुद्धको भेरोसेल खोप लगाउन पाउने स्वास्थ्य कार्यालयका खोप सुपर भाइजर तथा सूचना अधिकारी चिरन्जिवी निरौलाले जानकारी दिए । उनका अनुसार जिल्ला अस्पतालमा आईतबार गर्भवति महिलाको जाँच सहित टेटनस र भ्यागुते रोग विरुद्धको खोप र बुधबार २ वर्षमुनिका बालबालिकालाई नियमित खोप लगाईने भएकोले सो दिन कोरोना विरुद्धको खोप संचालन नहुने बताए ।

यस्तै सार्वजनिक विदाका दिन पनि कोरोना विरुद्धको खोप संचालन नहुने खोप सुपर भाइजर निरौलाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया