उदयपुर, उदयपुरमा एक किलो गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको चौदण्डीगढी नगरपालिका ५ सुन्दरपुर बजारबाट प्रहरीले १ किलो काँचो लागूऔषध गाँजा सहित सप्तरीको सप्तकोशी नगरपालिका १ फत्तेपुर बस्ने बर्ष २४ को गोबिन्द परियारलाई शुक्रबार साँझ पक्राउ गरेको हो ।
विशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय सुन्दरपुरबाट खटिएको प्रहरी टोलीले परियारलाई सुन्दरपुर बजारमा चिया पिउँदै गरेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ परेका परियारलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा ल्याई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी अर्जुन रानाभाटले जानकारी दिए ।









