उदयपुर । उदयपुरमा मोटर साइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । मदन भण्डारी राजमार्ग अन्तर्गत गाईघाट पिजी चोकमा मंगलबार राति ८ बजे पैदल यात्री त्रियुगा नगरपालिका ११ बस्ने ७१ वर्षिय कर्ण सुन्दासलाई मोटर साइकलले ठक्कर दिँदा घाइते भएका थिए ।
बेल्टारबाट गाईघाट तर्फ आउँदै गरेको प्र १ –०५–००१ प ३५९२ नं.को मोटर साइकलले गाईघाट पिजी चोकमा ठक्कर दिएर घाइते भएका थिए । अनुहार, दाहिने हातमा चोट लागि घाईते भई उपचारको लागि जिल्ला अस्पताल गाईघाट उदयपुरमा सामान्य उपचार पछि थप उपचारको लागि न्युरो अस्ताल विराटनगर रेफर गरिएको थियो ।
उनको उपचारको क्रममा बुधबार विहान २ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाईकल चालक त्रियुगा नगरपालिका १३ राई चोक बस्ने २९ वर्षिय बिरेन राईलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको रहेको प्रहरीले जनाएको छ ।









