उदयपुर । उदयपुरको सदरमुकाम गाईघाटका मेयर बलदेव चौधरीको छोराको निधन प्रति त्रियुगा नगरपालिकामा आइतबार सार्वजनिक विदा दिइएको छ । त्रियुगा नगरपालिकाका कार्यकारी प्रमुख पुरुषोतम ढकालले एक सूचना जारी गर्दै मेयर चौधरीको छोरा मनोज चौधरीको अल्पआयुमा नै असमायिक निधन भई अपुरणीय क्षति हुन गएकोले शोक मनाउनको लागि आइतबार नगर भित्र सार्वजनिक विदा दिइएको छ ।
त्रियुगा नगर कार्यपालिकाको कार्यालय, मातहतका १६ वटै वडा कार्यालयहरु, सामुदायिक तथा संस्थागत विधालयहरु र स्वास्थ्य संस्थाहरुमा आकस्मिक सेवा वाहेक अन्य सम्पूर्ण सेवाहरु प्रवाह नहुने गरी सार्वजनिक विदा दिएको सूचनामा जनाईएको छ ।









