उदयपुर,  डिप्रोक्स लघुवित्त वितिय संस्था लिमिटेडले सञ्चालनको १८ औं स्थापना दिवसको अवसरमामा नेपाल रेडक्रस सोसाइटीसंगको सहकार्यमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।
संस्थाको शाखा कार्यालय गाईघाटको आयोजनामा उक्त रक्तदान कार्यक्रम संचालन गरिएको शाखा प्रमुख सूर्य बहादुर विष्टले जानकारी दिए । रक्तदान कार्यक्रममा ३३ पुरुष र २३ महिला गरी ५६ जनाले रक्तदान गरेका थिए । नेपाल रेडक्रस सोसाइटी उदयपुरको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम संचालन भएको थियो ।
विगत लामो समयदेखि आर्थिक विपन्न वर्गलाई सहज जीवनयापनका लागि वित्तिय सेवा प्रदान गर्दै आईरहेको डिप्रोक्स लघुवित्त वित्तिय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य लगायतको क्षेत्रमा महत्वपूर्ण कार्य गर्ने गरेको संस्थाका विभागीय प्रमुख बुद्धिराज घिमिरेले बताए । रक्तदान कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुलाई मायाको चिनोे संगै कदर पत्र समेत वितरण गरिएको थियो ।
कार्यक्रममा त्रियुगा नगरपालिका ११ का वडाध्यक्ष विश्वराज भट्टराई, नेपाल पत्रकार महासंघका उपाध्यक्ष भोटराज राई, विभिन्न संघ संस्थाको साथै नेपाल प्रहरी, सेना लगायतको उपस्थिति रहेको थियो । रक्तदान कार्यक्रमको प्रमुख अतिथ्यता त्रियुगा उद्योग वाणिज्य संघको प्रथम उपाध्यक्ष रमेश रसाइलीले गरेका थिए । भने अध्यक्षता शाखा प्रमुख सूर्य बहादुर विष्टले गरेका थिए ।

तपाईको प्रतिक्रिया