उदयपुर, उदयपुरमा मोटर साइकलको ठक्करबाट एक जना गम्भिर घाइते भएका छन् । त्रियुगा नगरपालिका ३ स्थित क्याम्पस गेट नजिक ना.५८ प नम्बरको मोटर साइकलबाट ठक्कर दिँदा सोही ठाउँ बस्ने अन्दाजी ५५ वर्षिय रामेश्वर चौधरी गम्भिर घाइते भएका छन् ।
गाईघाट कदमहा सडक खण्डको पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको तिव्र गतिमा रहेको मोटर साइकलले क्याम्पस गेट नजिक ठक्कर दिँदा चौधरी गम्भिर घाइते भएको हो । मोटर साइकलको ठक्करबाट चौधरी करिव २५ मिटर पश्चिम तर्फ घिसारिदै गएको छ ।
चौधरीको टाउको, छाती, घुडा लगायत अन्य भागमा चोट लागेको प्रहरीले जनाएको छ । उनको उपचारको लागि विराटनगर न्यूरो लगिएको प्रहरीले जानकारी दिए । ठक्कर दिने त्रियुगा नगरपालिका ३ का ३० वर्षिय प्रितम राईलाई प्रहरीले नियन्त्रणमा लिएर अनुन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया