उदयपुर । उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा तेस्रो लिङ्गी सहित ४१ जना महिलाको पाठेघरमा समस्या पत्ता लागेको छ । लिम्चुङबुङ गाउँपालिका महिला शाखाको आयोजना र ओरेक नेपालको सहकार्यमा संचालित महिलाको पाठेघर खस्ने समस्या, यौनजन्य रोगहरु तथा पाठेघरको क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविरमा सो समस्या पत्ता लागेको हो । 
खासगरी महिलाहरुको बच्चादानी (पाठेघर)मा हुने क्यान्सरबाट बँचाउने उदेश्यले अयाोजित शिविरमा गाउँपालिकाका ५ वटै वडामा सञ्चालन गरिएको लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजर राईले बताए । महिलाको बच्चादानीको सुरक्षा गर्न गाउँपालिकाले वडा वाईज घुम्ती शिविरमा २ सय ४५ जना सहभागी भएको अध्यक्ष राईले बताए । स्कृनिङ गरिएको मध्ये तेस्रो लिङ्गी सहित ४१ जनामा जटिल पाइएको अध्यक्ष राईले बताए । मेरो शरिर मेरो अधिकार मुल नाराका साथ एकिकृत महिला स्वास्थ्य मेलाको समेत आयोजना गरिएको थियो ।
अक्सर महिलाहरुको बच्चादानीमा थाहै नपाई लाग्ने रोकको रोकथाम गर्न शिविर महत्वपूर्ण हुने भएकाले शिविर सञ्चालन गरिएको हो । यौन रोग भएका कारण लाज शरमले गर्दा समयमा परीक्षण नगर्दा थाहै नपाई रोग लागेर क्यान्सरजस्तो प्राणघातक रोगमा परिणत हुने भएकाले शिविर आयोजना गरिएको गाउँपालिकाका उपाध्यक्ष रमिला राईले बताईन । 
शिविरमा पत्ता लागेका जटिल खालका बिरामी महिलालाई पहिलो चरणको उपचार स्वरुप ‘रिङ प्रेसरी’ लगाउने काम गरिएको छ । क्यान्सर लाग्न लागेको पत्ता लागेका बिराममीको शल्यक्रिया (अप्रेसन) गर्न सुविधा सम्पन्न अस्पतालमा पठाउने उपाध्यक्ष राईले बताईन । 
बच्चादानीमा क्यान्सरजस्तो रोग लागेमा उपचार संभव नहुने भएकाले बेलैमा परीक्षण गर्न शिविरको आयोजना थियो । कात्र्तिक ९ गतेदेखि १३ गते शनिबारसम्म संचालित शिविरमा गाउँपालिका केन्द्र बाराहास्थित ३ नं. वडामा २९ जना, वडा नं. ५ जाँतेमा ५३ जना, वडा नं. ४ बलम्तामा ४७ जना, वडा नं. १ बाँसबोटेमा ६८ जना र वडा नं. २ ताम्लिक्षामा ४८ जना महिला शिविरमा सहभागी भएको गाउँपालिकाका महिला विकास शाखा प्रमुख सुशिला सुब्बाले जानकारी दिईन् । उनका अनुसार उदयपुर जिल्ला अस्पतालकी प्रसुति प्रमुख छवित्रा राई नेतृत्वको स्वास्थ्य टोलीले शिविरमा उपचार गरिएको थियो । टोलीमा ओरेक नेपाल र लिमचुङबुङ गाउँ अस्पतालका तालिम प्राप्त स्वास्थ्यकर्मीहरु पनि संलग्न रहेका थियो । शिविरमा महिलाहरुको स्वास्थ्य परीक्षण तथा परामर्श र उपचार समेत भएको थियो भने जटिल किसिमका रोग लागेको महिलाको पाठेघरमा रिङ राखिएको स्वास्थ्य शाखा प्रमुख नौलसेर राईले जानकारी दिए ।









