उदयपुर, उदयपुरको संगम सामुदायिक पुस्तकालयले १४ औँ साधारण सभा सँगै नमुना पुस्तकालय तथा श्रोत केन्द्र विकासको घोषणा गरेको छ । “जीवनपर्यन्त शिक्षाका लागि समृद्ध पुस्तकालय समृद्ध पुस्तकालय सुदृढ समाज” भन्ने मुल नाराको साथ १४ औं साधारण सभा सँगै नमुना पुस्तकालय घोषणाको आयोजना गरेको हो ।
संगम सामुदायीक पुस्तकालयले १४ औँ वार्षीक साधारण सभा सँगै नमुना पुस्तकालय तथा श्रोत केन्द्र विकासको घोषणा बुधबार गरेको हो । त्रियुगा नगरपालिकाको मेयर बलदेव चाधरीको प्रमुख आतिथ्य र भरत खड्काको अध्यक्षत तथा अतिथिहरुको आतिथ्यतामा कार्यक्रमको भएको थियो । कार्यक्रम मेयर चौधरीले व्यानर पढेर उद्घाटन गरेका थिए ।
साधारण सभाको वार्षिक प्रगति विवरण सहित आर्थिक आय व्या २०७४÷०७५ मा सरकारी तथा गैरसरकारी संघ सस्थाबाट आर्थिक सहयोग, सदस्यता, कम्प्युटर शुल्क, हल भाडा, लगायतका शिर्षकमा १६ लाख ३३ हजार ७३ रुयौया आम्दानी भएको तथ्याङ्ग प्रस्तुत गरेका थिए । कुल रकमबाट १३ लाख ५३ हजार एक सय ४८ रुपौया खर्च पुस्तक खरिद, तलब, विद्युत तथा टेलिफोन शुल्क,कम्प्युटर मर्मत लगायतका शिर्षकमा भएको देखिएको छ । भने २ लाख ७९ हजार ९ सय २५ रुपौया मौजाद रकम भएको साधारण सभामा प्रस्तुत गरेको थियो ।
समाजको गातिविधिलाई प्रत्यक्ष रुपमा नियाल्दै सहयोग गर्दै आएको पुस्तकालयले नयाँ पुस्ताका युवा युवतीले पुस्तकलाई त्यति ध्यान नदिएको भएपनि अत्याधुनिक सेवा सुविधा युक्त नमुना पुस्तकालय बनाउने उद्देश्य लिएको संगम सामुदायीक पुस्तकालयको अध्यक्ष भरत खड्काले बताए ।
सानो र थोरै जनसंख्याबाट सुरुवात गरेको पुस्तकालयले ठुलै फड्को मारेको भएपनि सुविधा सम्मपन्न बनाउनलाई जोड दिएको खड्काले बताए । सवैको साथ सहयोग रहेमा अवको २ वर्षमा नेपालकै नमुना पुस्तकालय बनाउने खड्काले बताए ।
पुस्तकालय ज्ञानको भण्डार भएपनि नव पिडीहरुले विज्ञान र प्राविधिकको युगमा सामाजिक संजालका कुराहरुले गर्दा पुस्तकालय ओझेलमा पर्दै गएकाले यसलाई सुविधा सम्पन्न बनाई राष्ट्रकै नमुना पुस्तकालयको घोषणा गर्ने खड्कोले बताए । नमुना पुस्तकालयको निर्माण पछि अक्षय कोष समेत तयार गर्ने तयारी गरेको खड्काले बताए ।


सुविधा सम्पन्न नमुना पुस्तकालय तथा श्रोत केन्द्र विकासमा शारिरीक अपाङग, बालबालिका, महिलाको लागि छुट्टा छुट्टै पुस्तकालय व्यावस्थापन गरी पुस्तक र ई पुस्तकालयको पनि छुट्टा छुट्टै व्यावस्थापन गर्ने खड्काले बताए । सुविधा सम्पन्न पुस्तकालय बनाउनको लागि सवै पक्षको भुपुर सहयोग रहनु पर्ने खड्काले बताए ।
एक शक्तिशाली वस्तु जुन ज्ञानको भण्डारले भरिएको पुस्तक आजको युवा युवतीहरुले कमै पढ्ने हुनाले पुस्तकालयहरु ओझेलमा पर्दै गएको त्रियुगा नगरपालिकाको मेयर बलदेव चौधरीले बताए । पुस्तकबाटै राज्य संचालन हुने र नीतिनियम तथा रुपान्तरण त्यहि पुस्तकको अध्ययनले गर्द छ । मानिस पनि एक पुस्तक हो । अनि ज्ञानको भण्डार पनि हो । तर यसलाई पुस्तकको अध्ययन विना काम नलाग्ने भएकोले पुस्तकको अध्ययन गर्न जरुरी रहेको चौधरीले बताए ।
पुस्तक आफैमा एक पूर्ण भएकोले एक व्यक्ति देखि विश्वलाई बदल्ने विचार ल्याई दिन्छ । ज्ञानको ज्योति छर्ने पुस्तक भएकोले संगम पुस्तकालय जस्ता साना तिना पुस्तकालय केहि वर्ष भित्र प्रत्यक वडामा बनाउने प्रतिबद्धता समेत चौधरीले जनाएको छ ।
आर्थिक वर्षमा ५ वटा वडामा पुस्तकालय निर्माण गरि करिब ३ वर्षमा सवै १६ वटै वडामा पुस्तकालय बनाउने चौधरीले बताए । पुस्तकालयमा रहेको विभिन्न ज्ञानको भण्डारको अध्ययनले व्यक्तिको विचारमा सकारात्मक सोच बनाउने हुनाले पुस्तकालयको जरुरी रहेको चौधरीले बताए ।
आजको नेपाली समाजका मानिसहरु पैसा र ज्ञानको विचमा अन्योल रहेको पूर्व जिल्ला सभापती बेदप्रसाद पोखरेलले बताए । बनारासी पुस्तक अध्ययनले गर्दा त्यतिबेला दरबार चलेको थियो । आज मोवाईल ईन्टरनेटले गर्दा पुस्तक कमैले पढ्छन् । पुस्तक भित्रको ज्ञानको महत्व भुलेकाले दुख पाउने पोखरेलले बताए ।
पुस्तकको एक शब्दले विश्वलाई बदल्ने विचार प्रदान गर्दछ । सामाजिक संजाललाई ठिक सँग चलाएई पुस्तकलाई पनि अध्ययन गर्नु पर्ने पोखरेलले बताए । आजको पुस्तालाई पुस्तक अध्ययन गर्न आकर्षण गर्नको लागि विभिन्न चेतनामुलक कार्यक्रम गर्नु पर्ने जरुरी रहेको पोखरेलले बताए ।

तपाईको प्रतिक्रिया