उदयपुर । उदयपुरमा ६ वर्षिय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेको छ । पक्राउ पर्नेमा सप्तरी सप्तकोशी नगरपालिका–१ फत्तेपुर खोरिया टोल घर भई हाल त्रियुगा नगरपालिका–८ साईखोला बस्ने २० वर्षिय दिलु रोक्कालाई प्रहरीले पक्राउ गरेको छ ।
रोक्काले ती बालिकालाई शनिबार साँझ जबरजस्ती करणी गरेको सूचनाको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई प्रहरीले आइतबार विहान पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकोलाई प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।









