उदयपुर । उदयपुरमा ब्रेक फेल भएर बोलेरो दुर्घटना हुँदा ८ जना यात्रु घाइते भएका छन् । उदयपुरगढी गाउँपालिका ५ आम्बोटेमा बर्रेबाट कटारी तर्फ जाँदै गरेको बोलेरो दुर्घटना हुँदा ८ जना यात्रु घाइते भएको हो ।घाइते हुनेमा उदयपुरगढी गाउँपालिका ३ का ४३ वर्षिय खिलराज तामाङ, सोही ठाउँ बस्ने वर्षिय २० आशिष खड्का, सोही पालिका ४ बस्ने ५० वर्षिय सुनमाया तामाङ, सोही वडा बस्ने २३ वर्षिय हिरा तामाङ, ३८ वर्षिय चिनमाया तामाङ, १५ वर्षिय मेख बहादुर बस्नेतको साथै दोलखा जिल्ला विगुल गाउँपालिका ४ बस्ने २६ वर्षिय सन्दीप ठकुरी र सोही ठाउँका २४ वर्षिय एसिला कार्की रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख लिल बहादुर श्रेष्ठले जानकारी दिए । घाइतेहरुको जिल्ला अस्पताल गाईघाटमा उपचार भईरहेको छ ।

उनीहरुको अवस्था सामान्य रहेको छ । उनीहरुको हात, खुट्टा, ढाँडमा सामान्य चोट रहेको प्रमुख श्रेष्ठले जानकारी दिए ।

ओरालोमा आउँदै गर्दा अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । चालक प्रहरी नियन्त्रणमा रहेको छ ।

तपाईको प्रतिक्रिया