उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका १४ साउनेमा विहिबार भएको सवारी दुर्घटनामा दुई जना घाईते भएको छ । गाईघाट आउँदै गरेको बा ४ ख ६०९३ नं को बस र गाईघाटबाट जाँदै गरेको प्रदेश नं.१००५–००१ प. २९८३ नं को मोटर साईकल एक आपसमा ठक्कर खाँदा मोटर साईकल चालक छोरा र पछाडी सवार बाबु गम्भिर घाइते भएका छन् ।
घाईते हुनेहरुमा त्रियुगा नगरपालिका १५ रानिबासका २५ बर्षिय गोविन्द खड्का र पछाडी सवार निजकै बुवा ६० बर्षिय भुपध्वज खड्का रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी तथा सूचना अधिकारी बेदप्रसाद गौतमले जानकारी दिए ।

उनीहरु दुवैको हात र खुट्टामा चोट लागेको र बोल्न नसक्ने अवस्थामा रहेकोले विराटनगर रेफर गरिएको छ । बस चालका फरार अवस्थामा रहेको जनाएको छ । बस र मोटरसाईकललाई भने नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया