उदयपुर । उदयपुरमा धारिलो हतियारबाट एक वृद्धको हत्या भएको छ । त्रियुगा नगरपालिका ८ का ६५ वर्षिय महिकर चौधरीको हत्या भएको छ । उनको घाटीमा धारिलो हत्यार खुकुरी प्रहार गरी हत्या गरेको छ ।
हत्याको आरोपमा त्रियुगा नगरपालिका १३ पोर्तहा बस्ने ४५ वर्षिय मेमोरी भन्ने किसन सदा पक्राउ परेको छ । सदा विगत दुई वर्षदेखि उत्तरबारी टोल देउरी आसपास काम गर्दै खाँदै बस्दै आईरहेका थिए ।
सदा तीन चार दिनदेखि मृतककै घरमा बस्दै आएका थिए । मंगलबार राति सदासँग सामान्य विवादसँगै खान पिन गरेर चौधरी सुतेका थिए । विहान ५ बजे सवैरै चौधरी नउठदा परिवारले हेर्दा हत्या भएको रहेछ । परिवारले नै प्रहरीलाई खबर गरेका थिए । हत्यामा प्रयोग भएको खुकुरी समेत हत्याराबाट बरामद भएको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया