उदयपुर । उदयपुरमा एक केजी लागूऔषध गाँजा सहित आइतबार दिउँसो ४ बजे एक युवती पक्राउ परेको छ । भोजपुर हतुवागढी गाउँपालिका ४ बस्ने अन्दाजी १८ वर्षिय सुजता मग्राती पक्राउ परेको छ । उनलाई बेलका नगरपालिका ८ कोठु स्थित अस्थाई प्रहरी पोष्ट कोठु उदयपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा जेब्रा झोला भित्र प्लाष्टिकले बेरी लुकाई छिपाई ल्याउँदै गरेको गाँजा सहित पक्राउ गरेको हो ।

अबैध लागु औषध गाँजा सहित नियन्त्रणमा रहेका मग्रातीलाई आवश्यक अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलामा राखिएको छ ।

तपाईको प्रतिक्रिया