उदयपुर । उदयपुरमा आइतबार थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका १० का ७४ वर्षिय वृद्ध रहेको छ ।

मदन भण्डारी आँखा अस्पतालको आइसोलेशन कक्षमा उपचारको क्रममा वृद्धको मृत्यु भएको हो । योसँगै जिल्लामा मृतकको संख्या ४७ पुगेको छ । जसमा त्रियुगा नगरपालिकामा २५ जना, कटारी नगरपालिकामा ४ जना, बेलका नगरपालिकामा ४ जना, चौदण्डीगढी नगरपालिकामा ९ जना, रौतामाई गाउँपालिकामा १ जना, उदयपुरगढी गाउँपालिकामा ३ जना र लिम्चुङबुङ गाउँपालिकामा १ जनाको मृत्यु भएको छ ।

आइतबार मात्रै थप ८३ जना कोरोनामुक्त भएका छन् । जिल्लामा कोरोना मुक्त हुनेको संख्या १ हजार १ सय ९५ पुगेको छ । जसमध्ये ५ सय ३४ महिला र ६ सय ६१ पुरुष रहेका छन् ।

आइतबार थप ८ महिला र १४ जना पुरुष गरी २२ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा संक्रमितको संख्या १ हजार ७ सय ५३ जना पुगेको छ । थपिएका संक्रमितहरु त्रियुगा र कटारीको रहेका छन् । त्रियुगामा ६ महिला र ७ पुरुष गरी १३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । कटारी नगरपालिकाका २ महिला र ७ पुरुष गरी ९ जनामा संक्रमण पुष्टि भएको छ ।

अहिलेसम्म जिल्लामा संक्रिय कोरोना संक्रमितको संख्या २ सय ३५ महिला र २ सय ७६ पुरुष गरी ५ सय ११ जना हरेका छन् । सक्रिय संक्रमितको संख्या त्रियुगा नगरपालिकामा १०० महिला सहित २३० जना, कटारी नगरपालिकामा १० महिला सहित ३३ जना, बेलका नगरपालिकामा ४९ महिला सहित ९५ जना र चौदण्डीगढी नगरपालिकामा ४६ महिला सहित ८७ जना रहेको छ ।

रौतामाई गाउँपालिकामा ६ महिला सहित ९ जना, उदयपुरगढी गाउँपालिकामा ७ महिला सहित ११ जना, ताप्ली गाउँपालिकामा दुई महिला र लिम्चुङबुङ गाउँपालिकामा १५ महिला सहित ३७१ जना सक्रिय संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरको तथ्याङ्कले देखाएको छ ।

तपाईको प्रतिक्रिया