उदयपुर । उदयपुरमा बोलेर दुर्घटनामा एक जनाको मृत्यु र तीन जना घाइते भएको छ । जिल्लाको ताप्ली गाउँपालिका ४ ठानागाउँको पोखरीमा शनिबार साँझ बा १८ च १५६७ नम्बरको बोलेरो जीप दुर्घटना भएको हो ।

लहानबाट ताप्ली गाउँपालिका ठानागाउँ गएको बोलेर अनियन्त्रित भई दुर्घटना हुँदा २ सय मिटर तल खसेको थियो । दुर्घटना हुँदा सिन्धुली जिल्ला दुधौली नगरपालिका १० बस्ने इन्द्र बहादुर विकको घटना स्थलमै मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

घाइते हुनेहरुमा कटारी नगरपालिका १० बस्ने ३५ वर्षिय डाक नारायण श्रेष्ठ, ताप्ली गाउँपालिका ४ ठानागाउँ बस्ने ३० वर्षिय झकर बहादुर सार्की र सोही वडाका अर्का २६ वर्षिय डम्बर बहादुर तामाङ घाइते भएका छन् । उनीहरुलाई कटारी अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि विराटनगर लगिएको छ ।

बोलेरो ज्यामिरेको लागि कुटानी पिसानी मिलको सामान बोकेर आउँदै गरेको अवस्थामा दुर्घटना भएको थियो ।

तपाईको प्रतिक्रिया