उदयपुर । उदयपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका ९ राजाबास बस्ने ५४ वर्षिय जगदिश प्रसाद पोखरेललाई करेन्ट लागेर मृत्यु भएको हो ।
बुधबार बेलुकी मकै बारी नष्ट गर्न आउने बँदेललाई करेन्ट लगाई पासो थापेकोमा निकाल्ने क्रममा आफै परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी तथा सूचना अधिकारी बेदप्रसाद गौतमले जानकारी दिए । विहिबार विहान ५ बजेको समयमा पासो निकाल्ने क्रममा करेन्ट लागि घाईते भई उपचारको लागि जिल्ला अस्पताल गाईघाटको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक उदयपुर सिमेन्ट उद्योगका कर्मचारी हुन् ।









