उदयपुर । उदयपुरमा पछिल्लो २४ घण्टामा ६२ जना कोरोना संक्रमित थपिएका छन् । त्रियुगा, कटारी र बेलका नगरपालिका गरी २३ महिला र ३९ पुरुष गरी ६२ जनामा संक्रमण पुष्टी भएको हो ।

त्रियुगा नगरपालिकामा १२ महिला र २२ पुरुष गरी ४४ जना, कटारी नगरपालिकामा ६ महिला र ११ पुरुष गरी १७ जना र बेलका नगरपालिकामा ४ महिला र ७ पुरुष गरी ११ जनामा संक्रमण पुष्टी भएको छ । योसँगै जिल्लामा संक्रमितको संख्या १ हजार ५ सय ८२ पुगेको छ ।

सक्रिय कोरोना संक्रमितको संख्या ५१७ महिला र ६२७ पुरुष गरी १ हजार १ सय ४४ जना रहेको छ । अहिलेसम्म सबैभन्दा बढी त्रियुगा नगरपालिकामा सक्रिय कोरोना संक्रमित रहेको छ । सक्रिय संक्रमितको संख्या त्रियुगा नगरपालिकामा २४१ महिला सहित ५५० जना, कटारी नगरपालिकामा ६० महिला सहित १३६ जना, बेलका नगरपालिकामा ७२ महिला सहित १४४ जना र चौदण्डीगढी नगरपालिकामा ६१ महिला सहित १२६ जना रहेको छ ।

रौतामाई गाउँपालिकामा २८ महिला सहित ६३ जना, उदयपुरगढी गाउँपालिकामा १७ महिला सहित ४५ जना, ताप्ली गाउँपालिकामा ४ महिला सहित ११ जना र लिम्चुङबुङ गाउँपालिकामा ३४ महिला सहित ६९ जना सक्रिय संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरको तथ्याङ्कले देखाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार मंगलबारसम्म एक सय ६२ महिला र २ सय ३० पुरुष गरी ३ सय ९२ जना कोरोनामुक्त भएर घर फर्केका छन् ।

मंगलबार थप २९ जना मात्रै कोरोनामुक्त भएका छन् । अस्पताल, होम आइसोलेशन गरी अहिलेसम्म कोरोनामुक्त हुनेको संख्या ३ सय ९२ जना पुगेको छ ।

अहिलेसम्म १५ महिला र ३१ पुरुष गरी ४६ जनाको कोरोनाबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरको तथ्याङ्कले देखाउँछ । जसमा त्रियुगा नगरपालिकामा २४ जना, कटारी नगरपालिकामा ४ जना, बेलका नगरपालिकामा ४ जना, चौदण्डीगढी नगरपालिकामा ९ जना, रौतामाई गाउँपालिकामा १ जना, उदयपुरगढी गाउँपालिकामा ३ जना र लिम्चुङबुङ गाउँपालिकामा १ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया