उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित नबिल बैंकको एटीएम मेसिनमा चोरी गर्ने उद्देश्यले तोडफोड गरिरहेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । त्रियुगा नगरपालिका–३ बस्ने भारत मधुवनी ग्राम पञ्चायत लौकाहा घर भई हाल त्रियुगा नगरपालिका ३ बस्ने १८ वर्षिय विभेष शर्मालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।
करिव राति ११ः४५ बजेको समयमा एटीएम मेसिन अपरिचित व्यक्तिहरुले तोडफोड गरिरहेको सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको टोलीले तोडफोडमा संलग्न उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भिमबहादुर दाहालले जानकारी दिए । उनको साथमा एटीएम तोडफोड गर्ने औजार समेत बरामद गरेको छ । प्रहरी नियन्त्रणमा रहेकामाथि थप अनुसन्धान भईरहेको एसपी दाहालले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया