उदयपुर । उदयपुरमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका ३ का ४८ वर्षिय एक पुरुष रहेका छन् ।

पाँच दिन अघि कोरोना संक्रमण भएर उपचारको लागि वि एण्ड सी अस्पताल विर्तामोड झापा लगिएको थियो । उनको शनिबार साँझ करिव ७ बजे उपचारकै क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले यस बारे पुष्टी गरेको छैन् । उदयपुरमा कोरोना संक्रमणबाट ३ महिला र ५ पुरुष गरी ८ जनाको ज्यान गईसकेको छ । जिल्लामा अहिलेसम्मम ३७९ जना कोरोना संक्रमण भएका छन भने १४ जना कोरोनामुक्त भएका छन् ।

तपाईको प्रतिक्रिया