उदयपुर । उदयपुरको बेलका नगरपालिकामा आइतबार एकै पटक ४० जनामा कोरोना संक्रमण देखिएको छ । यो नै जिल्लामा अहिलेसम्मकै सबैभन्दा बढि कोरोना संक्रमित देखिएको हो । प्रादेशिक प्रयोगशाला विराटनगरको पिसीआर रिर्पोट र जिल्लामा गरिएको एन्टिजेन टेष्टबाट एकै दिन ४९ जनामा संक्रमण देखिएको हो । यो सँगै जिल्लामा संक्रमितको संख्या दुई सय २४ पुगेको छ ।

बेलकामा संक्रमण देखिएमध्ये पिसीआर प्रविधिबाट ३९ जना र एन्टिजेनबाट १ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । २३ महिला र १७ पुरुष गरी ४० जनामा कोरोना संक्रमण देखिएको हो । दुई दिन अघि नगरपालिकाले ६३ जनाको स्वाव संकलन गरी परीक्षणका लागि विराटनगर पठाएको थियो । यस्तै जिल्ला अस्पताल गाईघाटमा उपचार गर्न आएका ८ जना र त्रियुगा नगर क्षेत्रका एक जनामा कोरोना संक्रमण पुष्टी भएको छ । संख्याको हिसावले यो अहिलेसम्मकै उच्च हो ।

जिल्ला स्वास्थ्य कार्यालय उदयपुरमा प्रमुख मोहन सुबेदीकाअनुसार संक्रमण दर बढ्दो छ भने निको हुनेको संख्या न्युन रहेको छ । हालसम्म महिला दुई र पुरुष एक गरी तीन जनाले कोरोना जितेर घर फर्किएका छन् भने दुई महिला र दुई पुरुष गरी चार जनाको कोरोनाकै कारण ज्यान गएको छ ।

सम्बन्धित समाचार

उदयपुरका कोभिड विरामी छटपटाउँदै, भेन्टिलेटरसहित आइसियु कक्षमा ताला

तपाईको प्रतिक्रिया