उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकामा सोमबार ३ महिला र ५ पुरुष गरी ८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । उनीहरु संक्रमितसँगको कन्ट्राक्ट ट्रेसिङ र लक्षण भएकाहरुमध्येबाट चेकजाँच गरिएकाहरु हुन् ।
संक्रमित हु्नेमा त्रियुगा नगरपालिकाका सबै रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिए । त्रियुगा नगरपालिका वडा नं. ३ का ३२ वर्षिय पुरुष, त्रियुगा ८ का २६ वर्षिय महिला, त्रियुगा १० का ३१ वर्षिय पुरुष सहित ३३ र ३८ वर्षिय महिला पनि संक्रमित भएका छन् ।
त्रियुगा नगरपालिका ११ का ३८ र ६९ वर्षिय पुरुष र त्रियुगा १३ का ७२ वर्षिय पुरुष संक्रमित भएका छन् ।
उदयपुरमा कोरोना संक्रमितको संख्या १५ महिला सहित ४५ पुग्यो । कटारी नगरपालिकामा २ महिला सहित ४ जना, चौदण्डीगढी नगरपालिकामा १ महिलासहित ५ जना, त्रियुगा नगरपालिकामा ११ महिला सहित ३० जना, बेलका नगरपालिकामा एक पुरुष र रौतामाई गाउँपालिकामा १ महिलासहित ५ जनामा कोरोना संक्रमण देखिएको छ । अहिलेसम्म १ जना महिलाको मृत्यु भएको छ भने २ जना कोरोना संक्रमण मुक्त भएको छ ।

तपाईको प्रतिक्रिया