उदयपुर । उदयपुरमा एक युवतीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेको छ । त्रियुगा नगरपालिका ११ असारी रोड बस्ने साइमन राईलाई बलात्कार गरेको आरोपमा पक्राउ परेको छ । चौदण्डीगढी नगरपालिका ६ घर भएकी २० वर्षीय युवतीलाई बलात्कार गरेको आरोपमा राई पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सुचना अधिकृत प्रहरी नायव निरिक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।
आरोपी राईलाई मंगलबार पीडित युवतीलाई ललाई फकाई आफ्नै कोठमा लगि धाकधम्की दिई कुटपिट गर्दै जबरजस्ती करणी गरेको पीडितलाई उध्रित गर्दै प्रहरीले जनाएको छ । पक्राउ परेको राईलाई अदालतबाट म्याद थप गरी हिरासतमा लिई अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया