उदयपुर । उदयपुरमा गरगहना, ल्यापटप, मोवाइल चोरी गरेको आरोपमा एक युवक पक्राउ परेको छ । सोमबार राति त्रियुगा नगरपालिका ११ बस्ने २६ वर्षिय बालकुमार बुढाथोकीले दुई घरमा गरगहना, ल्यापटप, मोबाइल लगायतको सामग्री चोरी गरेको आरोपमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरमा पत्रकार सम्मेलन गरी एसपी भिमबहादुर दाहालले जानकारी दिए ।
त्रियुगा नगरपालिका १२ बस्ने राजकुमार श्रेष्ठको घरबाट ल्यापटप १ थान, ओप्पो मोबाइल १ थान चोरी गरेको थियो । सोही राति सोही वडाका रुपा खड्काको घरबाट सुनजस्तो देखिने पहेलो धातुको बाला १ थान, सुनजस्तो देखिने पहेलो धातुको औठी ३ थान, चाँदीको कली ४ थान, चाँदीको पाउजु २ थान, चाँदीको सिक्री ३ थान, चाँदीको ब्रासलेट २ थान, चाँदीको औंठी ३ थान सहित पक्राउ परेको छ ।
पक्राउ परेको बुढाथोकीलाई अदालतबाट म्याद थप गरी अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।









