उदयपुर । उदयपुरको बेलका नगरपालिका ६ लेकाली टोलबाट मोटर साइकल चोरी गरी फरार एक युवक शनिबार पक्राउ परेको छ । गत विहिबार राति को. २४ प ९५३२ नम्बरको मोटरसाइकल चोरी गरेको आरोपमा सप्तरी कन्चनरुप नगरपालिका ११ बस्ने मोहमद नसरुदिन पक्राउ परेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।
मोटर साइकल चोरलाई सप्तरी प्रहरीको समन्वयमा मोटर साइकल सहित नसरुदिनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेलाई जिल्ला अदालत उदयपुरबाट म्याद थप गरी आवश्यक अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।









