उदयपुर / उदयपुरको त्रियुगा नगरपालिका– १३ असारीमा एक बालिका माथि जवरजस्ती गरेको आरोपमा प्रहरीले एक बृद्धलाई पक्राउ गरेको छ । बिहीबार साँझ स्थानीय १३ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा त्रियुगा नगरपालिका– १३ असारीका ६५ वर्षीय एक बृद्ध पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
घरमा एक्लै भएका बेला बालिका माथि बृद्ध दनुवारले ललाई फकाई नजिकै त्रियुगा खोलामा लगेर जबरजस्ती गर्न खोजेको भन्दै बालिकाका अभिभाबकले राति प्रहरीलाई दिएको मौखिक उजुरीका आधारमा दनुवारलाई तत्काल टोली खटाई नियन्त्रणमा लिएर अनुन्धान थालेको जिल्ला प्रहरी प्रमुख एसपी चन्द्रदेव राईले बताए । बालिका र बृद्धको जिल्ला अस्पताल उदयपुरमा स्वास्थ्य परीक्षण गराइएको छ । अस्पतालको रिपोर्टले घट्ना पुष्टि गरेको पाइए कानुन बमोजिम कारबाही हुने एसपी राईले बताएका छन् ।









