उदयपुर । नेपालको सताब्दि पुरुष तथा ईतिहासविद् सत्यमोहन जोशीले वरिष्ठ पत्रकार कौशल चेम्जोङद्वारा लिखित ‘उदयपुरको ईतिहास’ पुस्तकको विमोचन गर्दै उदयपुरको इतिहास नेपालको इतिहास हो भन्नु भएको छ । उदयपुरको गहन ईतिहास बोकेको पुस्तकमा लामो अध्यायन, खोज र संस्लेशन प्रष्ट झल्किएकाले यो नेपालकै ईतिहासमा दर्ज हुने वताउनु भयो ।
त्रिभुवन विश्वविद्यालयका ईतिहास विभाग प्रमुख प्राध्यापक डक्टर राजकुमार पोखरेलले नेपालको ईतिहासमा एउटा अर्काे अध्याय थपिएको बताउनु भयो । उहाँले बरिष्ट पत्रकार चेम्जोङ अब, ईतिहासकार पनि भएको बताउनुभयो । उहाँले पुस्तकको समिक्षात्मक टिप्पणी गर्नुभयो ।
सिंगो पुस्तकको समिक्षा गर्दै प्राध्यापक डाक्टर बिजय मिश्रले विविध महत्वपूर्ण दस्तावेज तथा एतिहासिक सामग्रिहरुका साथ ईतिहास् प्रस्तुत गरिएको बताउनुभयो । उहाँका अनुसार पुस्तकमा नेपालको ईतिहासमा मानव सभ्यता, एतिहासिक लडाई, विविध राज्यहरु उदयपुरसंग जोडिएको प्रमाण पेश गरिएको छ । किराँत सभ्यता र अस्तित्वलाई प्राथमिकता दिईएको छ । पुस्तकले त्रियुगा सभ्याताको अहिलेसम्मकै ठोस, गहन जनाकारी र तथ्य पस्किएको छ । ईतिहास अध्यायनका लागि पुस्तक महत्वपूर्ण र उपयुक्त रहेको उहाँले बताउनु भयो । चेम्जोङबाट पुस्तकको अरु अध्ययहरु पनि आउने देखिएको बताउनु भयो ।
पुस्तकका लागि पत्रकार एवम् ईतिहासकार चेम्जोङले २२ वर्ष लामो समय अध्यायनमा लगाउनु भएको छ । त्यस क्रममा उहाँले उदयपुरको कुनाकुना, कन्दराहरु चहार्नु भएको छ । उहाँले विमोचनको विशेष समारोहमा बोल्दै आफु बुबाले दिनु भएको पुरानो एतिहासिक सिक्काबाट प्रेरित भई यतातर्फ लागेको बताउनुभयो । उहाँले सदा ईतिहासको विद्यार्थिको रुपमा गहन अध्यायन र खोजका साथ अगाडि बढ्ने बताउनु भयो ।
उदयपुर अनुसन्धान केन्द्रले प्रकाशनमा ल्याएको पुस्तकमा उदयपुरे इतिहासको खोजमुलक अध्ययनलाई सचित्र उतारिएको चेमजोङले दावी गरेका छन् । उनका अनुसार पुस्तकमा उदयपुरको ऐतिहासिककालदेखिको जनजीवन, सामाजिक रहनसहन, बसोबास, समुदाय र जातजाति तथा समाज विकासक्रमसँगै जिल्लाको पर्यटन, राजनीति, कृषिलगायत बिभिन्न विषयमाथि खोज अनुसन्धान बिबरण पढ्न पाइने छ ।
उहाँको पुस्तक काठमाडौंमा र उदयपुरको पुस्तक पसलहरुमा पाईनेछ ।









