उदयपुर । जिआरई नेपालको आयोजना, अनेरास्ववियू वन क्याम्पस कटारीको सहआयोजना र कटारि नगरपालिकाको सहयोगमा ‘क्लिन कटारी, ग्रिन कटारी’ कार्यक्रम अन्तर्गत परिवर्तनको सरुवात आफैबाट गरौं भन्ने नाराका फोहर फ्याक्ने डस्टवीन वितरण गरेको छ । 
कटारी नगरपालिकाका विभिन्न क्याम्पस र विद्यालय परिसर सफा राख्ने उदेश्यले फोहर फ्याक्ने डस्टवीन वितरण कार्यक्रम र वन क्याम्पस परिसरमा विभिन्न जानकारीमुलक होडिङ बोर्डहरु राखी कार्यक्रम सप्पन्न गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि कटारी नगरपालिकाका उपमेयर भिम कुमारी राउत, विशिष्ट अतिथि वन क्याम्पस कटारीका प्रमुख डा. गान्धिब काफ्ले, अतिथिमा उदयाश्री बहुमुखी क्याम्पस प्रमुख मुकेस थापा, अनेरास्ववियू वन क्याम्पस कटारीका अध्यक्ष युबराज भण्डारी, सचिव आशिष जि.सी र विभिन्न विद्यालयका प्रमुखहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन जिआरईका सहकोअर्डिनेटर प्रकृति कोइरालाले गरेका थिए भने स्वगत अनेरास्ववियू वन क्याम्पस कटारीका उपाध्यक्ष विशाल भण्डारीको रहेको थियो । कार्यक्रमको अध्यक्षता जिआरईका कोअर्डिनेटर प्रकाश महतराले गरेका थिए ।









