उदयपुर । उदयपुरमा मंगलबार राति ८ बजे रौतामाई गाउँपालिका १ तालथुकीमा भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । गाईघाटबाट नामेटार तर्फ जाँदै गरेको प्र २–०२–०१–००त १०१७ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा त्रियुगा नगरपालिका ७ कालीखोला चालक बस्ने २० वर्षिय केशब विकको उपचार गर्न ल्याउँदा बाटोमा मृत्यु भएको हो ।
ट्याक्टर दुर्घटनामा रौतामाई १ नामेटार बस्ने ४८ वर्षिय कर्मध्वज तामाङ, सोही ठाउँका २१ वर्षिय सन्तोष तामाङ, ३५ वर्षिय ज्ञानीमाया तामाङ र १९ वर्षिय सीता तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी तथा सूचना अधिकारी बेदप्रसाद गौतमले जानकारी दिए । उनका अनुसार सीता बाहेक अन्यको अवस्था गम्भिर रहेको छ ।
कर्मध्वजको हात र खुट्टा भाचिएको छ भने बाँकीको हात, खुट्टा र अनुहारमा चोटपटक लागेको छ । घाइते सवैलाई थप उपचारको लागि विराटनगर रेफर गरिएको छ भने मृतकको शव जिल्ला अस्पताल उदयपुरको शव गृहमा रहेको छ ।

तपाईको प्रतिक्रिया