उदयपुर । उदयपुरको चुरिया जंगलमा करेन्ट लागेर भालुको ज्यान गएको छ । कटारी नगरपालिका २ स्थित चुरे जंगलमा करेन्ट लागेर एक भालु मरेको हो । मिर्चैया–कटारी अन्तर्गत विस्तार गरिएको हाइटेन्सन विद्युत लाइनछेउ सोमबार बिहान भालु मृत भेटिएको हो ।
चुरे पहाडको ढिस्को नजिकैबाट विस्तार भएको हाइटेन्सन विद्युत् लाइनमा करेन्ट लागेर भालु मृत भेटिएको डिभिजन वन कार्यालय त्रिवेणी कटारीका सहायक वन अधिकृत हिरालाल शर्माले बताए । सोही स्थानमा केही समयअघि दुई स्थानीय बासिन्दाको पनि करेन्ट लागेर ज्यान गएको थियो ।









