उदयपुर । उदयपुरमा बहुविवाह गरेको आरोपमा पक्राउ प्रतिवादी आइतबार पक्राउ परेको छ । बहुविवाह मुद्धामा कैद तथा जरिवाना तोकि फरार रहेका त्रियुगा नगरपालिका ६ जलजलेका ३३ वर्षिय जीवन भन्ने रत्न बहादुर कार्की पक्राउ परेको छ ।
जिल्ला अदालत उदयपुरको २०७६ साल माघ २ गतेको फैसला बमोजिम बहुविवाह मुद्धामा ११ महिना ५ दिन कैद र १० हजार जरिवाना भई फरार रहेको प्रतिवादीलाई जलजलेबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी बेदप्रसाद गौतमले जानकारी दिए । पक्राउ परेका प्रतिवादीलाई फैसला कार्यन्वयनको लागि जिल्ला अदालत उदयपुर बुझाई करागार चलान गरिएको डिएसपी गौतमले जनाएको छ ।









