उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका ३ बसाहा बँदेलपानीमा विद्युत सर्ट भई आगलागी हुँदा ३० लाख बढीको क्षति भएको छ । शनिबार साँझ करिव ६ः३० बजेको समयमा अचानक हीरा राईको घरमा विद्युत सर्ट भई आगलागी भएको हो ।
आगलागीबाट सोही सोही घरमा सञ्चालित होटल र व्युटिपार्लर जलेर नष्ट भएको छ । राति अचानक भएको आगलागीले व्युटिपार्लर र होटलका केही सामान झिक्न नपाएको पीडित राईले जानकारी दिए । आगलागीबाट सो घरको भुईतलामा व्युटिपार्लन थियो भने माथिल्लो तलामा होटल सञ्चालन रहेको थियो ।
पीडितको घरभित्र रहेको सुनचाँदी, अन्नपात, भाँडावर्तन र लत्ताकपडा सबै जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक छे छिन्जु भोटे जानकारी दिए । आगलागीको घटनाबारे जानकारी आएलगत्तै गएको चौदण्डीगढी नगरपालिकाको दमकल तथा स्थानीयहरु भेला भएर लगभग २ घण्टापछि आगो नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिए ।









