उदयपुर । उदयपुरको कटारी नगरपालिका–३ बाट लागुऔषध सहित एक जना युवा पक्राउ परेको छ । कटारी नगरपालिका–४ का २८ बर्षीय भिम बहादुर खत्रीलाई प्रहरीले पक्राउ गरेको हो । बसपार्क एरियामा लागुऔषधको कारोवार भईरहेको भन्ने बिषेश सूचनाको आधारमा शनिवार दिउँसो ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले खत्रीलाई नियन्त्रमा लिएको थियो ।
खत्रीको साथबाट प्रहरीले लागुऔषध नाईट्राभेट ५४० ट्याब्लेट र एक बोत्तल डाईलेक्स डि.सी. बरामद गरेको छ । लागुऔषध सहित पक्राउ परेका खत्रीका सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कर्यालय कटारीले जनाएको छ ।









