उदयपुर । उदयपुरको कटारी नगरपालिका वडा नं. १ अन्तर्गत चुरे जंगलमा विहिबार साँझ ट्रकले ठक्कर दिँदा मोटर साइकल चालकको घटना स्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा दुधौली नगरपालिका ११ का ५० वर्षको दिपक कार्की रहेको प्रहरीले जनाएको छ ।
मिर्चैयाबाट कटारी तर्फ जाँदै गरेको प्रदेश ३–०२–०१३ प ००७४ नम्बरको मोटर साइकल र सोही दिसातर्फ जाँदै गरेको ना ३ ख ४३२१ नम्बरको ट्रकले मोटर साइकल चालकलाई पछाडीबाट ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भिमबहादुर दाहालले जानकारी दिए ।
ठक्कर दिने ट्रक चालक सप्तरी कन्चनरुप नगरपालिका ६ बस्ने २६ वर्षिय मोहमद अफरोज रहेको छ । चालक अहिले प्रहरी नियन्त्रणमा रहेको छ । दुर्घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिए ।









