उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका ७ नेपालटार रातमाटामा ट्रकले किचेर आइतबार १ जनाको मृत्यु भएको छ । मृतक ट्रककै सहचालक कटारी नगरपालिका ४ बस्ने ३५ वर्षिय फर्स बहादुर कार्की रहेको जनाइएको छ ।
मदन भण्डारी राजमार्ग अन्तर्गत रातमाटामा कसमस सिमेन्टको चुन ढुंगा बोक्ने ना २ ख ९ नम्बरको ट्रकले सहचालकलाई किचेको प्रहरीले जानकारी दिए । मृतकलाई घिसारेर करिव २५ मिटर परसम्म पुर्याएको थियो ।
ट्रकले ढुँगा ढुवानी गर्दै जलजले तर्फ आउँदै गर्दा दुर्घटना भएको प्रहरीले जानकारी दिए । ट्रक चालक फरार रहेको छ । ट्रक चालकको खोजी भईरहेको छ भने मृतकलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल उदयपुरमा राखिएको छ ।

तपाईको प्रतिक्रिया