धर्मेन्द्र कुमार यादव (यदुवंशी), महोत्तरी । महोत्तरीको मनरा सिस्वा नगरपालिकाको उपमेयर रमिता प्रधानको श्रीमान विनोद गामीले आफ्नै छिमेकी बालिकाको बलत्कारको प्रयास गरेको आरोप लागेको छ ।
बुधबार साँझ करिब ६ बजे देखि आफ्नै घर मनरा सिस्वा नगरपालिका ६ बाट बेपत्ता भएकी १४ बर्षीया बालिकालाई सोही ठाउँका महिला गीना बैठा र विनोद गामीले जबरजस्ती दुबै हाथ, खुटा र मुखमा कापडा बाँधेर शौचालयमा बन्द गरेको अवस्थामा बालिकालाई प्रहरीले उद्वार गरेको थियो ।
बालिकालाई परिवारजनले खोजतलास गर्दा समेत फेला नपरेपछि प्रहरीलाई खवर गरेका थिए । प्रहरी र स्थानीयबासीले खोजतलास गर्दे जाँदा उपमेयर रमिता प्रधानको घर नजिक बालिकाको एउटा चप्पल देखेपछि स्थानीय र प्रहरी उपमेयरको घर पुगेका थिए । यता बालिकाको मुख बाँधेका कारण बालिका चिच्याउन नसकेपछि सानो आवाज दिईरहदा प्रहरीले शौचालयको ढोका खोलेपछि बालिकाको उद्वार भएको थियो ।
बालिका साथीको घरबाट आफ्नो घर आईरहेको समयमा उपमेयरका श्रीमानले जबरजस्ती हाथ, खुटा र मुख बाँधेर आफनै घरको शौचालयमा लगेर बलत्कारको प्रयास गरेको पीडित परिवारजनको आरोप रहेको छ ।
उपमेयरका श्रीमान घटना लगतै फरार भएका छन् । उपमेयरका श्रीमान भाग्न खोजेपछि प्रहरीलाई जानकारी दिएपनि प्रहरीले उपमेयरका श्रीमान र महिलालाई पक्राउ नगरेको भन्दै स्थानीयले विहिबार विहानै देखि जलेश्वर–बर्दिवास सडक खण्डमा टायर बालेर सडक अवरोध गरेको छ ।
घटना घटाउने उपमेयरका श्रीमानको खोजी भइरहेको र घटनाबारे सत्य तथ्य अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।









