उदयपुर । उदयपुरमा छुट्टाछुट्टै बालविवाहको आरोपमा केटाकेटी र अभिभावक सहित ६ जना पक्राउ परेको छ ।

त्रियुगा नगरपालिका ३ भुल्केका पुष्प कोईरालाको २३ बर्षिय छोरा अश्विन कोईराला र ताप्ली गाउँपालिका ५ आदमाराका खेचर बहादुरकी १७ बर्षिया छोरी गोमा खड्का पक्राउ परेको छ । अभिभावकले नै मंसिर १९ गते राधा खड्काको घरमा छिमेकीले नथापाउने गरी सुटुक्क बिबाह गरेको लिखित जाहेरीको आधारमा विवाह गर्ने केटा केटी र अविभावक पनि पक्राउ परेको प्रहरीले जनाएको छ ।

१७ बर्षिया बालिकासँग छिमेकीलाई थाहै नदि विवाह गरेको र विवाहका लागि बेहुला बेहुलीको कपडा कटारी बजारमा किनेर सुटुक्क टिका टालो गरी भगाएको जाहेरीमा उल्लेख गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी बेदप्रसाद गौतमले जानकारी दिए । पक्राउ परेका चारै जनालाई नै थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यस्तै आफुखुशी बालविवाह गरेको आरोपमा उदयपुरगढी गाउँपालिका ६ भुमरेका १८ वर्षिय बालक दुर्गा बहादुर खड्का र त्रियुगा नगरपालिका १६ सुकौरा काभ्रेभन्ज्याङ बस्ने १७ वर्षिय बालिका खेली कार्की विहिबार पक्राउ परेको छ ।

मंसिर ३० गते उदयपुरगढी गाउँपालिका ६ स्थित काभ्रेपानी मन्दिरमा विवाह गरेको आरोपमा उनीहरु पक्राउ परेको हो । केटा केटीको आपसी मिले मत्तोमा अभिभावक समेतलाई कुनै थाहा जानकारी नदिई सिन्दुर पोते गरि बालविवाह गरेको आरोपमा पक्राउ परेको हो । उनीहरु बालविवाह गरी उदयपुरगढी गाउँपालिका ६ नेपालटार दुर्गाबहादुरको दिदी सुनिता फुयलको घरमा लुकिछिपि बसिरहेको अवस्थामा विहिबार पक्राउ परेको हो । बालविवाह गर्ने केटा केटीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया