सुरेश कुमार पाण्डे, कपिलवस्तु । लुकाई छिपाई ल्याउदै गरेको चाँदी सहित दुई जना मानिसलाई कपिलवस्तु प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । शनिबार साँझ ६ः३० बजेको समयमा जिल्लाको वाणगंगा नगरपालिका २ लखनचोक स्थित पुर्व पश्चिम राजमार्गमा पुर्वबाट पश्चिम तर्फ आउँदै गरेको लु ५५ प ६१५९ नम्बरको स्कुटीमा चाँदी सहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा स्कुटी पछाडी सवार अर्घाखाँची छत्रदेवी गाउँपालिका ५ का २२ वर्षिय उमेश सुनारले बोकेको साईड ब्यागभित्र लुकाई छिपाई राखेको अवस्थामा अन्दाजी मूल्य रु. ९६ हजार बराबरको अन्दाजी ७३ तोला चाँदी र सेतो रातो पत्थर ४८ पिस फेला पारेको छ । स्कुटी चालक रुपन्देही सिद्धार्थनगर नगरपालिका १३ का २६ वर्षिय सुगम पुन रहेका छन ।
दुवैलाई थप अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

तपाईको प्रतिक्रिया