उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ३ चाँप ठाडीमा बुधबार साँझ आगलागी भएको छ । आगलागीबाट हरि नयारायण कोइरालाको घर र गाई गोठ जलेर नष्ट भएको छ ।
गाई गोठमा खोले पकाएर रहेको कोईलाबाट अचानक आगो सल्कन गई आगलागी हँुदा कोइरालाको काठले बनेको २ तले टिनको छाना भएको घर, घर भित्र रहेको अन्नपात लत्ताकपडा, भाडा बर्तन, काठपात र गाई गोठ पुर्ण रुपमा जलि अन्दाजी १० लाख बराबर क्षति भएको प्रहरीले जनाएको छ । 
आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय र दमकलको सहायतामा करिव २ घण्टापछि नियन्त्रणमा आएको थियो । त्रियुगा नगरपालिकाको दमकल विग्रेपछि चौदण्डीगढी नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएका थिए ।









