उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका ४ आछामे पाखाका स्थानीय भिरबाट लडेर मृत्यु भएको छ । स्थानीय ५३ वर्षिय ज्ञान बहादुर मगर विहिबार भिरबाट लडि मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी उदयपुरगढी र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटि गई घट्नास्थल अनुसन्धान तथा कानुनी प्रक्रिया पश्चात लास पोष्टमाटमको लागि जिल्ला अस्पताल उदयपुर गाईघाट ल्याएको छ । घटना स्थल उदयपुरको सदरमुकाम गाईघाटबाट ५० किलो मिटर पश्चिम उत्तरमा पर्दछ ।









