उदयपुर । उदयपुरमा शुक्रबार दिउँसो ४ बजे त्रियुगा नगरपालिका १५ हुवास डहरमा ट्याक्टरको ठक्करबाट एक बालकको घटना स्थलमै ज्यान गएको छ । पवित्रा कन्ट्रक्सनको रानीबास बाट रौतासम्मको सडक निर्माण गर्ने ट्याक्टरले ढुंगा बोकेर आउँदै गर्दा स १ त ५७९७ नम्बरको ट्याक्टर ठक्करबाट स्थानीय १६ वर्षिय बालक हिक्मत नेपालीको घटना स्थलमै ज्यान गएको छ ।
बालकले बाटो क्रस गर्न खोज्दा ट्याक्टरले ठक्कर दिएको प्रहरीले जनाएको छ । मृतकको ट्याक्टरको चक्काले टाउँको किचिएकोले गर्दा घटना स्थलमै मृत्यु भएको छ भने ट्याक्टर चालक फरार रहेको प्रहरीले जनाएको छ । चालकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
मृतकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल गाईघाट ल्याउने काम भईरहेको प्रहरीले जनाएको छ ।









