उदयपुर । उदयपुरमा अटो र मोटर साइकल शुक्रबार दिउँसो ३ः१५ बजे एक आपसमा कोक्किदा ९ जना घाइते भएका छन् । मदन भण्डारी राजमार्ग अन्तर्गत गाईघाट–चुहाडे खण्ड स्थित गैहरुन कालिखोलामा गाईघाटबाट यात्रु बोकेर राजाबासतर्फ जाँदै गरेको प्र.नं.०२–०१–००१ ह ००३७ नम्बरको अटो र विपरित दिशाबाट आउँदै गरेको स.७ प ५०६७ नम्बरको मोटरसाइकल एक आपसमा कोक्किदा ९ जना घाइते भएका छन ।
घाइते हुनेहरुमा त्रियुगा नगरपालिका ८ बाघ चौरीका ३५ वर्षिय लक्ष्मण राउत, सोही वडाको साही खोलाका ४० वर्षिया सिता बस्नेत, ४० वर्षिय ज्ञानु कार्की, ६५ वर्षिय हरि बुढाथोकी रहेका छन् । उनीहरुलाई विराटनगर रेफर गरिएको छ । उनीहरुको हात, खुट्टा, आँखा, मुखमा चोट लागेको छ ।
यस्तै त्रियुगा नगरपालिका ८ की ६० वर्षिया सेतीमाया विक, उनकी नातीनी ६ वर्षिय बालिका युना विक र त्रियुगा नगरपालिका १० का ६० वर्षिया मतालिक वि.क. रहेका छन् । उनीहरुको अवस्था सामान्य रहेको छ ।
त्यस्तै मोटरसाईकल चालक त्रियुगा नगरपालिका ८ राजाबासका २७ वर्षिय राजेश चौधरी र पछाडि सवार श्रीमती २३ वर्षिया निशा चौधरी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका प्रमुख होम बहादुर खनालले जानकारी दिए । मोटर साइकल चालक राजेश चौधरीलाई थप उपचारको लागि विराटनगर रेफर गरिएको ट्राफिक प्रमुख खनालले जानकारी दिए । अत्याधिक गतिले अटो दुर्घटना भएको प्रहरीले जनाएको छ । अटो चालक सुरेन्द्र चौधरी फरार रहेकोले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

तपाईको प्रतिक्रिया