उदयपुर । उदयपुरको ताप्ली गाउँपालिकाको कार्यालय भवनमा बम बिस्फोट गराएको आरोपमा प्रतिबन्धित नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका दुई कार्यकता पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ताप्ली गाउँपालिका ५ रुपाटारका गौरबहादुर देवकोटा र ताप्ली गापा १ ओख्ले घर भएका रितु विक रहेको छ ।
ताप्ली गाउँपालिकाको कार्यालय रुपाटारमा अज्ञात समूहले ४ दिन अघि बम बिस्फोट गराएको थियो । पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय कटारी तर्फ लगिएको छ । यत, घटनामा संलग्नहरुको खोजी जारी राखेको र दुई जनाा प्ररहरीले अनुसन्धानका लागि नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भीम दाहालले जानकारी दिए । ‘नियन्त्रणमा लिएकाहरूको बारेमा पुर्ण विवरण प्राप्त नभएको एसपी दाहालले जानकारी दिए । ´नियन्त्रणमा लिएकालाई जिल्ला प्रहरी कार्यालय ल्याइपुर्याएको छैन,’ उनले भने, ‘अनुसन्धान भइरहेको हुन सक्छ ।’
बम बिस्फोटबाट टेबल, कुर्सी र भवनमा सामान्य क्षति पुगेको थियो ।









