सुरेश कुमार पाण्डे, कपिलबस्तु । बेपत्ता भएका कपिलवस्तु नगरपालिका– ६ तिलौरीका १३ बर्षिय बाल पथ प्रर्दशक ‘फुच्चे टुरिष्ट गाइड’ राहुल साहानी २४ दिन पछि फेला परेका छन । घरमा बुवा रिन्कु संग बिद्यालय जाने बिषयमा सामान्य कुरामा रिसाएर गत कार्तिक १७ गते भारतको नासिक भागेर गएका थिए ।
मुम्बई बस्ने कपिलबस्तु स्थित बुद्धभुमि नगरपालिका ८ चरिगवा वर्ष १९ का राकेश निषादले नेपाल टेलिभिजनमा राहुल हराएका समाचार हेरे पछि नेपाल टेलिभिजनका कपिलबस्तु संवाददातालाई सम्पर्क गरेका थिए । राकेश र राहुल मुम्बई जाने एउटै ट्रेनको बोगीमा बसेर गएकाले राहुल नासीक उर्लिएको हेरेका थिए । फेसबुकमा भाइरल भएको समाचार हेर्ने बित्तिकै उनको खोजविन गरि पत्ता लगाएर उनलाई बुधबार शोरहतगढ सम्म पठाएका छन् ।
त्यहाबाट बुधवार बिहान उनलाई प्रहरी कार्यालय ल्याइएको छ । प्रहरी उपरिक्षक नवराज अधिकारीले राहुल मर्यादपुर क्षेत्रमा भेटिएको र परिवारको जिम्मा लगाइएको बताउनु भएको छ ।
राहुलले तिलौराकोटमा आउने पर्यटकलाई गाइड गर्न थालेको अढाई बर्ष भएको थियो । उनी १ सय भन्दा बढी पत्रकार लगायत बिभिन्न उच्च अधिकारीलाई समेत गाईड गरि सकेका छन् ।
पर्यटकीयस्थल तिलौराकोटमा आउने पर्यटकको गाइड काम गर्ने शाहनी बेपत्ता भएपछि परिवार, प्रहरी तथा अन्य सरोकारवालाले खोजी कार्य गरेका थिए ।
प्रहरीले शाहनीलाई बुबा रिङ्कु मल्लाहलाई सकुशल जिम्मा लगाइएको छ । सामान्य परिवारका ११ वर्षीय शाहनी गौतमबुद्धले २९ वर्ष बिताएको स्थल तिलौराकोट आउने विभिन्न देशका पर्यटकलाई यहाँको पर्यटकीय महत्वका विषयमा बुझाउने गर्छन् ।
उहाँसँग नेपाली, हिन्दी, अङ्ग्रेजी, चिनियाँ, थाईलगायत सात देशका भाषाको ज्ञान छ । विदेशका प्राय सबैजसो भाषा बोल्न सक्ने साहनी कुनै समय सामाजिक सञ्जालमा भाइरल बनेका थिए । १३ बर्षीय उनको यो विलक्षण प्रतिभा देखिएपछि उनको चर्चा ह्वात्तै बढेको थियो ।
राहुल कात्तिक १७ गते विद्यालय जान्छु भनेर साइकलसहित निस्किएका शाहनी खुनुवा हुँदै राति ११ बजे भारतको बढनी पुगे । बढनीबाट गोरखपुर जाने बसको छतमा साइकल राखेर १८ गते बिहान ११ बजे गोरखपुर ओर्ले । गोरखपुरबाट बरालगञ्ज जाने बस चढेर ३ः३० बजे बेलिपार्कमा आमाको काकाकी छोरी मिरा शाहनी घरमा पुगे ।
दिदीको घरमा झण्डै २० दिन बसेपछि आमाबुबाको मायाले सताएकोले फर्किएको शाहनीले बताए । जम्मा ३०० भारतीय रकम आफूसँग रहेकाले कतिपय ठाउँमा यात्रु भाडा दिएको र कतिपय ठाउँमा कार्ड देखाएर भाडा नदिने गरेको शाहनीले बताए ।
लकडाउनपश्चात् विद्यालय हप्तामा दुई दिन मात्र सञ्चालन हुने गरेको तर घरबाट सधैँ पढ्न जाउँ भन्दै दबाब दिने गरेकाले आफू भागेको प्रहरीसमक्ष उनले बताएका छन् ।









