उदयपुर । उदयपुरमा मोटर साइकलको ठक्करबाट शनिबार राति ८ बजे एक युवतीको मृत्यु भएको छ । उदयपुरगढी गाउँपालिका ७ नेपाटलटार स्थितमा गाईघाटबाट नेपाटलटार तर्फ जादै गरेको स ९ प ४७२ नम्बरको मोटर साइकलले पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा उदयपुरगढी गाउँपालिका ७ का पैदययात्री अन्दाजी १८ वर्षिय निर्मला बि.क. घाइते भएका थिए । घाइतेको जिल्ला अस्पताल उदयपुर ल्याईकोमा उपचारको क्रममा राति ८ः४० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने मोटरसाइकल र मोटर साइकल चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया